सोलुदुधकुण्ड : नाम्गेल जित नजिक, १० वडाको मत गणना हुँदा झण्डै ६ सय मतले अघि

  हिमाल समाचार
3k Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नाम्गेल जाङबु शेर्पा जित नजिक पुगेका छन् ।

नगरपालिकाको ६ बाहेक अन्य १० वटा वडाको मत गणना सकिदा नाम्गेल जाङबु एमालेका आङकाजी शेर्पा भन्दा ५९६ मतले अघि रहेका छन् ।

मुख्य निर्वाचन अधिकृत सन्तोष प्रसाद पराजुलीका अनुसार नाम्गेल जाङबुले ४५०० मत प्राप्त गर्दा आङकाजीले ३९०४ मत प्राप्त गरे । यसरी हेर्दा आङकाजी नाम्गेल भन्दा ५९६ मतले पछि परेका छन् ।

उपमेयरमा पनि नेपाली कांग्रेसकी गान्धी माया तामाङ जित नजिक पुगेकी छन् । उनले एमालेकी मोहन कुमारी कार्कीलाई ३६७ मतले पछि परेकी छन् ।

गान्धी मायाले ४०१४ मत प्राप्त गर्दै गर्दा मोहन कुमारीले ३७४७ मत प्राप्त गरिन् । अहिले वडा नम्बर ६ को मत गणना भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार