सोलुदुधकुण्ड ७ मा लोकप्रिय मतसहित सोनामको प्यानलै विजयी

  हिमाल समाचार
2.6k Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ७ को वडाध्यक्षमा लोकप्रिय मतसहित नेपाली कांग्रेसका सोनाम ग्याल्जेन शेर्पाको प्यानलै विजयी भएका छन् ।

वडा नम्बर ७ मा खसेको ११७१ मत मध्ये ६९३ मतसहित सोनाम ग्याल्जेनको प्यानल वडामा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी निवर्तमान वडाध्यक्ष एमालेका लालमान श्रेष्ठले २८६ मत मात्रै प्राप्त गरे ।

उनलाई ४०७ मतले पछि पार्दै सोनाम ग्याल्जेन अध्यक्षमा निर्वाचित भए । वडा नम्बर ७ गार्माबाट कांग्रेसका मेयर र उपमेयरलाई पनि अत्यन्त लोक प्रिय मत दिलाउन सफल भएको छ ।

मेयरमा नाम्गेल जाङबु शेर्पालाई एमालेका आङकाजी शेर्पाको भन्दा २८६ मत बढी प्राप्त भयो भने उपमेयरमा गान्धीमाया तामाङलाई एमालेकी मोहनकुमारी कार्कीको भन्दा २३७ मत बढी प्राप्त भयो ।

सो वडाबाट नाम्गेल जाङबुलाई ६९१, आङकाजीलाई ४०५, उपमेयरमा गान्धीमायालाई ६५६ र मोहनकुमारीलाई ४१९ मत प्राप्त भयो ।

लामो समय समाजसेवामा सकृय सोनाम गार्मावासीका विच निक्कै लोकप्रिय छन् । उनकै कारण कांग्रेसको मेयर उपमेयरलाई समेत बढी मत गएको हुन सक्ने कांग्रेस नेता भलाकाजी कार्कीले बताए ।

सोनाम ग्याल्जेन शेर्पा नेपाली कांग्रेस सोलुदुधकुण्ड नगरपालिका समितिका सभापति समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार