पराजयपछि के लेखे पुर्वजनप्रतिनिधिले ?

  हिमाल समाचार
0 Shares

काठमाडाैँ- नेपालमा सबैभन्दा बढी प्रयोग हुने गरेको सामाजिक संजाल हो, फेसबुक । अहिले फेसबुक चुनावी अपडेट, बधाई तथा शुभकामनाले भरिएको छ । ताजा अपडेट थाहा पाउन पर्यो भने मान्छेले फेसबुकको न्यूज फिडमा गएर हेर्छन् । कुनै पनि घटनाक्रम सकिएपछि सबैभन्दा पहिले फेसबुकमै स्टाटस पोष्ट गरिन्छ । स्थानिय सरकारको पाँच बर्षिय कार्यकालमा टेलिफोन तथा इन्टरनेट सेवाको थोरबहुत विस्तार भएपछि यसको पहुँच सर्वसाधरणसम्म राम्ररी पुगेको छ । जस्का कारण पनि फेसबुकको प्रयोग बढ्दो छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा जनमत पाएर विजयी भएका उम्मेद्वारहरु सपथ ग्रहण गर्दै कार्य प्रारम्भ गर्ने तरखरमा छन् । यस्तो खुशी र उत्साहको समयमा शुभेच्छुक, शुभचिन्तक, प्रतिस्पर्धी सबैले विजयी भएका जनप्रतिनिधिलाई बधाई तथा शुभकामनाको बर्षा गराउनु स्वभाविक हो ।
तर विभिन्न कारणले पराजय हुन पुगेका उम्मेद्वारहरुले निर्वाचन लोकतान्त्रिक पद्धति भएको र यस्मा हारजित स्वभाविक भन्दै फेसबुक मार्फत नै विजेताहरुलाई कार्यकाल सफलताको शुभकामना, मतदाताहरुलाई धन्यवाद तथा आफूले प्रतिपक्षको कुशल भूमिका निर्वाह गर्ने बाचा गरेका छन् ।

पार्टी भित्रैबाट भएको अन्तरघात तथा असहयोग, मतदातालाई प्रभावकारी शिक्षाको कमी, प्रचारप्रसारको समय अभाव, गठबन्धन लगायतका प्राविधिक कारणबाट चुनाव हार्न पुगेका उम्मेद्वारले नतिजा पश्चात लेखेका स्टाटस सकरात्मक छन् ।निर्वाचनमा पराजय बेहोर्नेमा यसअघिको पाँच बर्षिय कार्यकाल सफलरुपमा विताएका लोकप्रिय नेता तथा नृेत समेत रहेका छन् । जस्मध्ये एक हुन्, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपमेयर विणादेवि राई । प्रखर वक्ता, नेपाली नेकपा एमालीकी नेतृ राईले लेखकी छन्– ‘संघीय सम्रचना पछिको पहिलो स्थानिय निर्वाचनमा अत्यधिक मत दिएर इतिहास रच्ने अवसर दिनु भएको थियो यसैगरी दोस्रो निर्वाचनमा गठबन्धन बाट हामी पराजित भएता पनि यहाहरुको बहुमुल्य मत हामिलाइ दिनु भयो यस्को लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।
लाग्छ पाच बर्ष भित्र हामिले यो नगरमा सबै क्षेत्रको बिकासको गति तिब्र रुपमा अगाडि सारेको छौ, कति कामहरुले पुर्णता पायो कति कामहरु चलिरहेको छ तर धेरै बिकास गर्न सकिने कुराको आधार ९कानुन निर्माण देखि भौतिक पुर्वाधार० हरु तयार गरेका छौ । लाग्छ यो गतिलाई अब आउने निर्वाचित जनप्रतिनिधिहरुले पूरा गर्दै अन्य बिकासको काम अगाडि बढाउनु हुनेछ भन्ने बिश्वास लिदै मेरो साथ सधै रहने कुरा व्यक्त गर्न चाहान्छु ।जनता नै सर्ब शक्ति हो हामी चुनाबमा सहभागी हुनु भनेको एउटा प्रक्रिया हो । प्रतिस्पर्धामा हारजित हुन्छ यो कुरा राम्रो सङ हेक्का राखेकि छु ।’
निर्वाचनमा सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दै उनले अगाढी लेखेकी छन्–’फेरि भन्न चाहछु हारलाई मैले स्वभाविक प्रक्रिया ठानेको छु । बालापन देखि सामाजिक काममा राजनीतिमा लागे अब पनि सधै सधै यो नगर र जिल्लाको जनताको सुखदुःखमा साथ दिदै समग्र जिल्लाको बिकासमा आफ्नो तर्फबाट सकेको सहयोग गर्दै पार्टी संगठनको काममा अगाडि बढ्ने छु सबैलाई धन्यवाद ।’
यस्तै सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका पुर्व अध्यक्ष डुफ कुमार बास्तोला पनि यसपटकको निर्वाचनमा पराजय हुन पुगे । पराजय पछि उनले पनि फेसबुक मार्फत नै आफ्नो धारणा राखेका छन् । उनले लेखेका छन–’लोकतान्त्रिक प्रकृयामा सहभागी भइसके पछी जित र हारलाइ स्वीकार्नु पर्दछ । बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दा हार र जितका दुबै अनुभव हरु छन ।यस पटकको निर्वाचनमा पार्टीले नेचासल्यान गापाको अध्यक्षमा पुन दोहोरिने गरी उमेद्वारी दिने निर्देशन दियो ,त्यसैलाइ आत्मसात गर्दै मतदाताको घरदैलो ,भेटघाट ,छलफल र अन्तक्रिर्यामा सकारात्मक उर्जा प्राप्त भएकै हो तथापि केही मतदाताहरुको मैले मन जित्न बाकिनै रहेछ । हामिलाइ चौतर्फी घेराबन्दी थियो यसका बाबजुद नेकपा एमाले लाई बिजयी गराउन सक्रियता पूर्बक लाग्नुहुने पार्टी नेता ,कार्यकर्ता , सबैप्रती आभार व्यक्त गर्दछु । बिगत जस्तै जनताकै सेवामा अझ उत्साहकासाथ खटिरहने प्रतिबद्धता व्यक्त गर्दछु निर्वाचित सबै साथीहरू लाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।बिजयी भएका प्रतिनिधि हरुको समृद्धि नेचासल्यान बनाउने अभियान मा सकारात्मक सहयोग र गलत कार्यप्रती खबरदारी गर्दै सकारात्मक भुमिका निर्वाह गर्ने छु ।’
यसैगरी सोलुखुम्बुकै कोशीपारीको पालिका महाकुलुङका निर्वतमान अध्यक्ष सागर किराँतीको पनि चुनावी परिणाम सोचे जस्तो आएन । शालिन र जनताप्रति वफादर रहेका किराँतीले फेसबुकमा लेखेका छन् –’देश विदेशमा रहनु भएका शुभेच्छुक, शुभचिन्तक सरोकारवाला लगायत तपाईं आम मतदाताहरूको अभिमतले निर्धारण गरेको प्रतिपक्षको भुमिका जिम्मेवारी पुर्वक निर्वाह गर्न तयार रहँदै सत्य, न्याय एवं बास्तविक्ताको पक्षमा रचनात्मक र सिर्जनात्मक ढंगले उभिने र समृद्ध महाकुलुङ निर्माणमा हाम्रो पार्टी, हाम्रो नेतृत्व, र हाम्रो टीम वेरोकटोक लागि रहने दृढ अठोटकासाथ प्रतिबद्धता समेत जाहेर गर्दछु, गर्दछौं ।’

स्थानीय सरकारको खासियत भनेकै स्थानीयले रोजेको व्यक्तिले नेतृत्व गरेर आफ्नै स्थानको विकास गर्नु हो । आफ्नो जन्मस्थानको विकास र समृद्धि सबैको चाहाना हो । यस्मा विजेता भएकाहरुलाई असहयोग गर्ने, विकासे काममा झमेला गराउने, राजनीतिक खिचातानी गर्ने भन्दा पनि आफ्नो प्रतिबद्धता अनुसार नै विकास र परिर्वतनका लागि पराजित भएका उम्मेद्वारहरुले विकासमा हातेमालो गरे भने त्यो भन्दा उदाहरणीय अरु के नै हुन सक्छर ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार