मतदाताको विश्वासमाथी घात गर्दिन : विमला राई

  हिमाल समाचार
63 Shares

नेकपा एमालेका उम्मेदवार खडेन्द्र राईलाई पराजित गरेर विमला राई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा निर्वाचित भएन् । उनी २०७४ को निर्वाचनमा उपमेयरमा निर्वाचित भएकी थिइन् । दोस्रो पटक नगरको नेतृत्वमा चुनिएकी राईसँग सहकर्मी दिपेन्द्र पराजुलीले गर्नुभएको कुराकानीको सम्पादित अंश :

मेयर जितको समयलाई कसरी लिनुभएको छ ?
एउटा महिला भएर लिङगको आधारमा मैले आफूँलाई कमजोर महसुस गरिन् । मेरो सोचले महिलालाई राजनितिक रुपमा जुन विभेद गरिन्छ । यसलाई चिर्न सफल भएको छ । नगरपालिकामा काँग्रेस एक्लै चुनावमा होमिदा अन्य ४ राजनितिक दलले गठबन्धन गरेका थिए । उनीहरु सँग म आँफु लडेँ । हाम्रा मतदातालाई अनेक प्रलोभनमा पारेर, डरधम्की दिने काम पनि भयो । तर मतदाता विचलित नभई कांग्रेसकै पक्षमा मतदान गर्नुभयो । ५ वर्ष सम्म मैले गरेको मेहनतलाई हेरेर जनताले मेरो नेतृत्वलाई मतदान गरे । तब, जित्न सफल भए ।

हिजो र आज तपाईको कार्यशैलीमा कस्तो परिर्वतन आउँला ?
स्वभाविक रुपमा हिजो म सेकेण्ड म्यादको रुपमा काम गरेकी थिएँ । उपप्रमुखको जिम्मेवारी राम्रो सँग निभाए । अहिले जनताले मलाई प्रमुख पदमा निर्वाचित गराउनुभएको छ । फरक यो हो आफु एक्लैले केही पनि सम्भव छैन, मैले देखिसकेको छु, म विज्ञसँग बसेर योजना निर्माण गर्छु । सबैसँग राय सुझाव लिन्छु । नगरपालिकामा प्रशासनिक सुधार र शुसासनका लागि काम गर्छु । आम नगरबासीको ईच्छा अनुसार काम गर्नेछु ।

आगामी ५ बर्षमा तपाईले हलेसी तुवाचुङको परिकल्पना गर्नुभएको छ ?
यसअघि ५ वर्ष काँग्रेसले नेतृत्व गरिसकेको छ । हामीले ५ वर्ष सम्म एउटा आधार तयार पारिसकेका छौँ । जीवनशैली परिवर्तन गर्नका लागि उत्पादन र अर्थतन्त्रलाई जोड दिनुपर्छ । धार्मिक तथा पर्यटकिय क्षेत्रहरु पनि रहेका छन् । यसलाई व्यवस्थित गरि धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमामा विकास गर्ने योजना छ । मुलुकको अर्थतन्त्रको खानीको रुपमा विकास गर्ने हिसाबले यसलाई व्यवस्थित गर्न सहकार्य गर्ने छु ।

मानविय अधारभुत आवश्यकता पुरा गर्नका लागि कृषिलाई आधुनिकिकरण, स्वरोजगार, विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि, व्यवहारिक शिक्षामा जोन दिने योजना छ । नगर अस्पताल अहिले सञ्चालनमा रहेको छ । नागरिकको स्वास्थ्यका सवालमा पनि धेरै काम गरिने छ । हलेसी क्षेत्रमा रहेको सुख्खापनालाई सिँचाई तथा पिउनका लागि दुधकोशीको पानी लिफटीङको काम भईरहेको छ । अन्य बाँकी रहेका क्षेत्रमा पनि काम गरिने छ । ५ वर्ष भित्रमा नगरपालिकाको स्वरुप परिवर्तन हुने छ । म आफु पनि महिला भएकाले समावेशीतामा जोड दिनेछु । स्थानिय सरकारको नजरमा सबैलाई समान रुपमा समेट्ने संकल्प गरेको छु ।

मतदातालाई के भन्नुहुन्छ ?
मतदाताले हाम्रो जितको पक्षमा जाहेर गरेको मतको अवमुल्यन गर्ने छैन् । नगर र नागरिकको हितमा काम गर्नेछु । सबैसबैमा आभार व्यक्त गर्छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार