आमाप्रति समर्पित गौतम सागर राईको ‘आमा’ (भिडियो)

  हिमाल समाचार
630 Shares

कलाकार तथा पत्रकार गौतम सागर राईले दिवंगत आमाको सम्मानमा ‘आमा’बोलको गीत सार्वजनिक गरेका छन् ।

एक महिना अघि आमा डिल्लीमाया राईलाई गुमाएका राईले उनै आमाको स्मृतीमा गीत लेखेका हुन् । आफैँले संगीत भरेको गीतमा राजेश पायल राईले स्वर रेकर्ड गराएका छन् ।

मनोज साङसङ राईको एरेन्जमा तयार भएको गीत स्टुडियो किङमा रेकर्ड गरिएको हो । गौतम सागर राईको यूटुवबाट सार्वजनिक गीतको स्टुडियो भिडियो जस्केलो क्रियशनले निर्माण गरेको छ ।

गीतमा गीतकार राईले आमा गुमाउदाको पिडालाई प्रस्तुत गरेका छन् । अमेरिकामा रहेका उनले आमा विनाको गाउँघर सुनसान लाग्ने भावना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार