आगामी निर्वाचनसम्म गठबन्धन आवश्यक : कांग्रेस केन्द्रीय सदस्य शेर्पा

  हिमाल समाचार  359 पटक हेरिएको

सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले वर्तमान पाँच दलिय सत्ता गठबन्धन आगामी निर्वाचनसम्म आवश्यक रहेको बताए ।

केन्द्रीय कार्यसमितिको जारी वैठकमा विचार राख्ने क्रममा बुधबार नेता शेर्पाले राजनीतिक स्थायित्व र संविधानको रक्षाका लागि आसन्न संघ र प्रदेश निर्वाचनसम्म गठबन्धन आवश्यक रहेको बताए । तर गठबन्धनमा सामेल दलहरुले धोका दिने अवस्था सृजना भए कांग्रेस एक्लै लड्ने मानसिकतामा तयार हुनुपर्ने उनको भनाई छ ।

वैठकमा उनले देशमा महंगी चुलिदो अवस्थामा पुगेकाले यसको नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा नेता शेर्पाले जोड दिए । पछिल्लो केहि बर्षयता मुलुकको अर्थतन्त्र गलत दिशातर्फ उन्मुख रहेकाले देशलाई श्रीलङ्का जस्तै बन्नबाट जोगाउन आर्थिक रणनिति अख्तियार गर्नुपर्ने उनले जोड दिए ।

वर्तमान सरकारप्रति जनताको आशा र भरोसा धेरै भएकाले जनजिविकासँग जोडिएका हरेक विषयमा कांग्रेस जिम्मेवार बन्नुपर्नेमा शेर्पाले जोड दिए । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक बसेको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा र आगामी रणनीतिका विषयमा नेताहरुले आआफ्ना धारणा राखिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार