सोलुखुम्बुमै अक्सिजन उत्पादन सुरु

  हिमाल समाचार
399 Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमै अक्सिजन उत्पादन सुरु गरिएको छ । १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि जिल्ला अस्पताल फाप्लुमै अक्सिजन उत्पादन गर्न थालिएको हो ।

अस्पतालमा जडान गरिएको अक्सिजन प्लाण्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिने छ । एक पटकमा ५ वटा सिलिन्डर ३ घण्टामा भरिने छ ।

अक्सिजन अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउनु नपर्ने निमित्त कार्यालय प्रमुख सानी शेर्पाको भनाई छ । स्वचालित रूपमा विरामीको बेडमानै पाइपलाइनबाट अक्सिजन उपलब्ध हुने व्यवस्था गरिएको छ ।

जिल्लामै अक्सिजन उत्पादन सुरु भएपछि अक्सिजन भर्नका लागि लाखौ रुपैया खर्चिएर बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालकी निमित्त प्रमुख शेर्पाले बताइन् ।

कोरोनाको समयमा अक्सिजनका लागि धेरै समय र रकम खर्च गरेर बाहिर लानुपर्ने बाध्यता थियो । अब भने यो समस्या हटेको छ । आवश्यकताका आधारमा जिल्ला अस्पतालको अक्सिजन प्लाण्टबाट उत्पादन भएको अक्सिजन जिल्लाका अन्य स्वास्थ्य संस्थाले पनि लैजान सक्ने अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार