टाक्सिन्दुमा शिक्षक तालिम शुरु

  हिमाल समाचार
343 Shares

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा शिक्षक तालिम शुरु भएको छ ।

हिमालयन ट्रष्ट नेपालको आयोजना तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र र सोलुखुम्बुका स्थानीय तहहरुसंगको समन्वयमा शनिबार देखि टाक्सिन्दु माध्यमिक विद्यालयमा आधारभूत तह (कक्षा ६ देखि ८)सम्मको पाठ्यक्रममा आधारित गणित, विज्ञान र प्रविधिको ५ दिने शिक्षक तालिम शुरु गरिएको हो ।

तालिममा सोलुदुधकुण्ड नगरपालिका, खुम्बु पासाङल्हामू गाउँपालिका र माप्यदुधकोशी गाउँपालिकाका १७ वटा आधारभूत विद्यालयका २७ जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिमको उदघाटन गर्दै सोलुदुधकुण्ड १ का वडा अध्यक्ष छोङबा शेर्पाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरुको लागि आवश्यक तालिम संचालन गरेकोमा हिमालयन ट्रष्ट नेपाललाई धन्यवाद ज्ञापन गरे ।

पाठ्यक्रम बिकास केन्द्रका पाठ्यक्रम अधिकृत तथा तालिम प्रशिक्षक युवराज अधिकारीले नेपाल सरकारले लागु गरेको पाठ्यक्रम अनुसार कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलापहरु संचालन गर्न शिक्षकहरुको क्षमता अभिवृद्धि गर्नु तालिमको मुख्य उद्देश्य रहेको बताए । उदघाटन कार्यक्रम टाक्सिन्दु मा.वि. व्यवस्थापन समितिका अध्यक्ष आइविर राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

तालिमको सहजीकरण पाठ्यक्रम बिकास केन्द्र र शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका बिषय बिशेषज्ञहरुले गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार