कर कार्यालय खोटाङले गर्‍यो  लक्ष्य भन्दा करोड बढी राजस्व संकलन

  हिमाल समाचार  105 पटक हेरिएको

सोलुखुम्बु – करदाता सेवा कार्यालय खोटाङले लक्ष्य भन्दा १ करोड बढी राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७८/०७९ मा अनुमानित लक्ष्य भन्दा १ करोड १३ लाख ४८ हजार ५ सय ५ रुपैयाँ २५ पैसा बढी राजस्व संकलन गरेको हो ।

कर अधिकृत भिमसेन दाहालका अनुसार गत आर्थिक वर्ष १६ करोड ७५ लाख राजस्व संकलन गर्ने अनुमानित लक्ष्य लक्ष्य कार्यालयको थियो । तर सो वर्ष १७ करोड ८८ लाख ४८ हजार ५ सय ५ रुपैयाँ २५ पैसा राजस्व संकलन भएको छ ।

आय कर, मूल्य अभिवृद्धि कर र अन्त शुल्क गरी तीन शीर्षकमा राजस्व संकलन गर्ने गरिएको कार्यालयमा एक आर्थिक वर्षमा २ हजार १ सय ८ नयाँ करदाता थपिएका छन् ।

व्यक्तिगत पानमा १ हजार ३ सय ३२, मूल्य अभिवृद्धि करमा २९, आय करमा ६ सय ७८, सरकारी निकाय तथा सार्वजनिक संघ संस्था ४७ र अन्तशुल्क तर्फ २२ नयाँ करदाता थपिएको कार्यालयको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार