सोलुखुम्बुमा स्नोकर प्रतियोगीताका लागि खेलाडी छनौट शुरु

  हिमाल समाचार
1.2k Shares

हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक हुन लागेको जिल्लास्तरिय स्नोकर प्रतियोगीताका लागि पालिकास्तरिय खेलाडी छनौटको काम शुरु गरिएको छ ।

आयोजक स्टार युथ क्लवले सोलुदुधकुण्ड नगरपालिकाबाट खेलाडी छनौट शुरु गरेको छ । आज र भोली सल्लेरीमा नगरक्षेत्रको खेलाडी छनौट गरिनेछ । छनोट खेलमा १६ जना खेलाडीको सहभागीता रहेको छ ।

साउन १६ र १७ गते लिखुपिके गाउँपालिका, १८ र १९ गते नेचासल्यान, २१ र २२ थुलुङ दुधकोशी, २४ र २५ गते सोताङ, २७ र २८ गते महाकुलुङ, ३० र ३१ गते माप्यदुधकोशी र भदौ ३ र ४ गते खुम्बु पासाङ ल्हामु गाउँपालिकामा खेलाडी छनौट गरिने क्लवले जनाएको छ ।

जिल्लाको आठ वटै पालिकाबाट ४/४ जना खेलाडी छनोट गरि आगामी भदौ ११ गतेबाट सल्लेरमिा हुने जिल्ला स्तरिय प्रतियोगितामा सहभागी गराइने छ । वेस्ट अफ फाइब नकाउटको आधारमा हुने प्रतियोगिताका शिर्ष तीन खेलाडीलाई क्रमशःनगद ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

जिल्लामा स्नुकर खेल प्रति युवाहरुको आर्कषण अधिक भएपनि यसको विकासका लागि कसैले ध्यान दिन नसकेको स्टार युथ क्लवका अध्यक्ष नाम्गेल शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार