जिल्ला स्तरिय स्नुकर प्रतियोगिता : सोलुदुधकुण्डबाट ४ खेलाडी छानिए

  हिमाल समाचार  1158 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुमा पहिलो पटक हुन लागेको जिल्लास्तरिय स्नुकर प्रतियोगीताका लागि सोलुदुधकुण्ड नगरपालिकाबाट ४ जना खेलाडी छनौट भएका छन् ।

पालिकास्तरिय खेलाडी छनौटमा नगरपालिकाबाट पासाङ शेर्पा, तेन्जी शेर्पा, पेम्बा शेर्पा र छिरिङ शेर्पा छनौट भएका हुन् । शनिवार र आईतबार सल्लेरीमा भएको नगरक्षेत्रको खेलाडी छनौट प्रतियोगिताबाट १६ खेलाडी मध्ये ४ जना छनौट भएको आयोजक स्टार युथ क्लवका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिए ।

साउन १६ र १७ गते लिखुपिके गाउँपालिका, १८ र १९ गते नेचासल्यान, २१ र २२ थुलुङ दुधकोशी, २४ र २५ गते सोताङ, २७ र २८ गते महाकुलुङ, ३० र ३१ गते माप्यदुधकोशी र भदौ ३ र ४ गते खुम्बु पासाङ ल्हामु गाउँपालिकामा खेलाडी छनौट गरिने क्लवले जनाएको छ ।

जिल्लाको आठ वटै पालिकाबाट ४/४ जना खेलाडी छनोट गरि आगामी भदौ ११ गतेबाट सल्लेरीमा हुने जिल्ला स्तरिय प्रतियोगितामा सहभागी गराइने छ ।

बेस्ट अफ फाइब नकाउटको आधारमा हुने प्रतियोगिताका शिर्ष तीन खेलाडीलाई क्रमशः नगद ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबका महासचिव सुन्दर तामाङ (विजय)ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार