खुम्बु भ्रमणमा आएका १३ विदेशीको मृ’त्यु, २ बे’पत्ता

  हिमाल समाचार
140 Shares

सोलुखुम्बु : एक बर्षको अवधिमा खुम्बु क्षेत्र भ्रमणमा आएका एक दर्जन बढी विदेशी पर्यटकको मृ’त्यू भएको छ भने दुई जना बे’पत्ता भएका छन् ।

२०७८ को जेठदेखि ०७९ को जेठ सम्ममा खुम्बु भ्रमणमा आएका १३ जना विदेशीको मृ’त्यू भएको र दुई जना बे’पत्ता भएको पर्यटक प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुले जनाएको छ । कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक पुर्ण प्रसाद दाहालका अनुसार २०७८ मा सगरमाथा आरोहण गरेर फर्कने क्रममा लडेर बैशाख ३० गते बेलायती नागरिक ३४ र स्विजरल्यान्डका ४१ बर्षीय पुरुष, जेठ ८ गते ६१ र ३४ बर्षका बेलायती नागरिकहरु मृ’त्यू भएको हो ।

असोज २९ गते भारत केरलाका २० बर्षीय पुरुष र कार्तिक १९ गते बेलायती नागरिक १९ बर्षीय युवकको हाई लागेर बेसक्याम्प क्षेत्रमा मृ’त्यू भएको हो । यस्तै, कार्तिक २१ गते दुई जना २७ र एक जना ३४ बर्षका गरि ३ जना फ्रान्सेली नागरिकको सगरमाथा चढ्ने क्रममा लडेर मृ’त्यू भएको पर्यटक प्रहरी उपशाखा लुक्लाले जनाएको छ । २०७९ को बैशाख ६ गते रसियन नागरिक ५५ बर्षका पुरुष हिमाल चड्ने क्रममा लडेर र बैशाख २२ गते ५५ बर्षीय भारतिय नागरिकको गोक्योमा लेक लागेर मृ’त्यू भएको प्रहरीको तथ्यांक छ ।

बैशाख ३१ गते क्यानाडियन ५० बर्षीय पु्रुष स्याङबोचेमा सुतेकै अवस्थामा मृ’त्यू भएको र जेठ २० गते बेलायतीे १९ बर्षीय पुरुषले खुम्बुमा झुण्डिएर आ’त्महत्या गरेको प्रहरीले जनाएको छ । गत जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन बे’पत्ता भएका छन् । उनीहरुको खोजी जारी राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

खुम्बु क्षेत्रमा मृ’त्यू भएका तथा बे’पत्ता भएका अघिकांश विदेशी पर्यटकहरु गाईड तथा सहयोगी विना एक्लै भ्रमणमा आएकाहरु रहेको पर्यटक प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार