नेचासल्यानबाट ४ स्नुकर खेलाडी छनौट

  हिमाल समाचार
1.6k Shares

सोलुखुम्बुको सल्लेरीमा भदौ ११ मा आयोजना हुने जिल्लास्तरिय स्नुकर प्रतियोगीताका लागि नेचासल्यान गाउँपालिकाबाट ४ खेलाडी छनौट भएका छन् ।

स्टार यूथ क्लबको आयोजनामा नेचामा भएको छनौट खेलबाट देश कुमार राई, दिपेन राई, शिव कुमार राई र नविन राई छनौट भएको क्लबका महासचिव सुन्दर तामाङ (विजय)ले जानकारी दिए ।

यसअघि सोलुदुधकुण्ड नगरपालिकाबाट पासाङ शेर्पा, तेन्जी शेर्पा, पेम्बा शेर्पा र छिरिङ शेर्पा छनौट भइसकेका छन् । लिखुपिकेमा स्नुकर खेलको प्रचलन कम भएका कारण छनौटका लागि खेलाडी संख्या अपुग भएको क्लबले जनाएको छ ।

आगामी साउन २१ र २२ थुलुङ दुधकोशी, २४ र २५ गते सोताङ, २७ र २८ गते महाकुलुङ, ३० र ३१ गते माप्यदुधकोशी र भदौ ३ र ४ गते खुम्बु पासाङ ल्हामु गाउँपालिकामा खेलाडी छनौट गरिदैछ ।

बेस्ट अफ फाइब नकाउटको आधारमा हुने प्रतियोगिताका शिर्ष तीन खेलाडीलाई क्रमशः नगद ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार