नेपाली काँग्रेसप्रति आस्थाराख्ने पर्यटन व्यवसायीहरुको दुई भिन्दाभिन्दै सङ्गठनले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ पर्यटन व्यवसायी निलहरि बाँस्तोलालाई आधिकारिक उम्मेदवार उठाउने भएको छ ।
टानको आगामी साउन ३० गते हुने निर्वाचनका लागि नेपाल पर्यटन व्यवसायी सङघ (निटनेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले बुुधबार संयुुक्त कार्यक्रम गरी टानको अध्यक्षमा व्यवसायी बास्तोलालाई समर्थन गर्ने निर्णय गरेको हो ।
दुबै सङ्गठनका अध्यक्ष क्रमशः दीपक महत र आरबी अधिकारीको रोहबरमा बास्तोलालाई आधिकार उम्मेदवारको रुपमा निर्वाचन अभियानमा होमिने निर्णय भएको निटनेपालका अध्यक्ष दिपक महतले जानकारी दिए । उनले दुबै सुभेच्छुक संस्था एकाकार भएर टान निर्वाचनमा एउटै समूहको रुपमा प्रतिस्पर्धा गर्ने निर्णय भएको बताए ।
अध्यक्षका प्रत्यासी बाँस्तोलाले सुभेच्छुक संस्थाबाट आफूू टान अध्यक्षको आधिकारिक उम्मेद्वार भएकाले व्यवसायीक छलफल र प्रचार–प्रसारलाई तीब्रता दिएको बताए ।
पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन टानको अध्यक्ष प्रत्यासीका उम्मेदवार बास्तोला अब्बल प्रतिस्पर्धीको रुपमा चुनावी अभियानमा होमिएका छन् । पर्यटन क्षेत्रमा विगत २६ वर्षदेखि सक्रिय बास्तोला टानको नेतृत्वमा पुुगेको खण्डमा पर्वतीय पर्यटनको शाखलाई खदिलो बनाएर समग्र व्यवसायीको हित अनुकूलको संस्था स्थापित गर्ने बताए । टानको संस्थागत सुधार र पर्यटन व्यावसाय प्रवद्र्धनका भाबी योजनासहितको एजेण्डा लिएर बाँस्तोला चुनावी माहोल आफ्नाे पक्षमा पार्न खटिरहेका छन् ।
टानलाई विशुद्ध व्यवसायिक संस्थाको रुपमा विकास गरी परिवर्तित अवस्थामा संस्थाको भूमिकालाई ब्यापक बनाएर अघि बढ्ने बाँस्तोलाको चाहना छ ।