कार्य सम्पादनका आधारमा ३० औँ स्थानमा सोलु प्रशासन, ओखलढुंगा र खोटाङको स्थान कति ?

सोलुखुम्बु – गृह मन्त्रालय अन्तरगत योजना अनुगमन तथा मुल्यांकन शाखाले सावर्जनिक गरेको आर्थिक वर्ष २०७८/०७९ का लागि भएको कार्य सम्पादन सम्झौताको कार्यान्वयनको अवस्थाको नतिजा अनुसार जिल्ला प्रशासन कार्यालय सोलुुखुम्बु ३० औँ स्थानमा पर्न सफल भएको छ ।

विभिन्न ६८ वटा परिसूचकहरूमा भएको मूल्याङ्कनमा ९१.७५ अंक प्राप्त गरि सोलु प्रशासन अति उत्कृष्ट कार्य सम्पादनको सूचीमा परेको उपसचिव अर्जुन पौडेलले जानकारी दिए । उता, जिल्ला प्रशासन कार्यालय ओखलढुंगा सोलुखुम्बु भन्दा ८ स्थान अघि देखिएको छ । मुल्यांकनमा ९२.५ अंक ल्याएर २२ औँ स्थानमा पर्न सफल भएको छ ।

ओखलढुंगा प्रशासन पनि अति उत्कृष्ट कार्य सम्पादनको सूचीमा परेको छ । माथिल्लो सगरमाथाका तीन जिल्ला मध्ये जिल्ला प्रशासन कार्यालय खोटाङ ६६ औँ स्थानमा परेको छ । उस्ले ८४.७५ अंक ल्याएको छ । कार्य सम्पादनमा गुल्मी पहिलो र अर्घाखाँची प्रशासन दोस्रो बनेको छ ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद जोखिम न्यूनीकरण र मुद्दाको फर्छ्यौट लगायतका आधारमा कार्य सम्पादन मूल्यांकन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार