१० वटा हिमाली सहर बनाउने सरकारको मास्टर–प्लानमा लुक्ला पनि

सरकारले हिमाली क्षेत्रका मानिसहरूको बसाइँसराइ कम गरी त्यहीँ अड्याइराख्ने उद्देश्यले निर्माण गर्ने १० वटा हिमाली सहरमा सोलुखुम्बुको लुक्ला पनि परेको छ ।

यसका लागि आवश्यक गुरुयोजना (मास्टर–प्लान) तयार गरिसकेको नयाँ सहरी आयोजना समन्वय कार्यालयका निर्देशक रोशन श्रेष्ठले बताए । सरकारले हिमाली क्षेत्रको संस्कृति, परम्परा झल्किने गरी हिमाली सहर विकास गर्ने गरी मास्टर–प्लान तयार गरेको उनले बताए ।

उनका अनुसार सहरीकरणमार्फत स्थानीय मौलिकतालाई जोगाउँदै त्यहाँको स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने विषय हिमाली सहरको गुरुयोजनामा समेटिएको छ ।

सरकारले लुक्ला सहित रसुवाको स्याफ्रुँबेसी, मुस्ताङको जोमसोम, हुम्लाको सिमकोट, बाजुराको मार्तडी, ताप्लेजुङको फुङलिङ (ताप्लेजुङ), संखुवासभाको किमाथांका, मनाङको चामे, डोल्पाको दुनै र बाजुराको कोल्टीमा गरी १० नयाँ हिमाली सहर निर्माणका लागि मास्टर–प्लान तयार गरेको हो । फोटो – ववि बस्नेत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार