सोलुमा माछापालन अनुदानमा झण्डै ४ करोड खर्च

  हिमाल समाचार
2.2k Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बमा माछा पालन व्यवसायका लागि सरकारी स्तरबाट झण्डै ४ करोड रुपैयाँ रकम खर्च भएको छ ।

जिल्लाको विभिन्न स्थानमा ट्राउड माछा पालनका लागि पछिल्लो ४ आर्थिक वर्ष भित्र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगा र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय विराटनगरबाट जिल्लाका १२ वटा फमलाई ३ करोड ९६ लाख ५९ हजार अनुदान वितरण गरिएको हो ।

अनुदान प्राप्त गर्नेहरुमा महाकुलुङ रेन्पो ट्राउड माछापाल ब्ल्ग समिति महाकुलुङ गाउँपालिका १, खुम्बु कृषि ब्यवसाय तथा माछा पालन समुह खुम्बु पासाङ ल्हामु गाउँपालिका १, सोलु रेन्बो ट्राउड माछा पालन समुह सोलुदुधकुण्ड नगरपालिका ९, थुलुङ महाकुलुङ रेन्बो ट्राउड ब्लग विकास समुह थुलुङ दुधकोशी गाउँपालिका ७ र सगरमाथा बहुउदेश्य कृषि तथा पशु फम सोलुदुधकुण्ड नगरपालिका १० रहेका छन् ।

यस्तै सुजन सशि कृषि तथा पशु फम सोलुदुधकुण्ड नगरपालिका ९, सगरमाथा कृषि ब्यवसाय तथा माछा केन्द्र खुम्बु पासाङ ल्हामु गाउँपालिका १, राजा बहुउदेश्य ह्याचरी कृषि तथा पशु फम थुलुङ दुधकोशी गाउँपालिका ९, मामा भान्जा बहुउदेश्य कृषि तथा माछा केन्द्र माप्यदुधकोशी गाउँपालिका २, हिमाली कृषि तथा रेन्बो ट्राउड माछा फम सोलुदुधकुण्ड नगरपालिका १, हिमाली रेन्बो ट्राउड तथा लोकल माछा फम सोलुदुधकुण्ड नगरपालिका ४ र ज्योति बहुउदेश्य कृषि तथा पशु फम थुलुङ दुधकोशी गाउँपालिका १ रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगा सम्पर्क केन्द्र सोलुखुम्बुले जनाएको छ ।

उक्त फमहरु मध्ये केहीलाई ७५ र केहीलाई ५० प्रतिशत अनुदान प्रदान गरिएको केन्द्रका प्रमुख भिमलाल तामाङले जानकारी दिए । तर माछा पालनका लागि राज्यको करोडौँ लागनी भएपनि जिल्लामा सिमित फमहरुले मात्रै उत्पादन गर्न सकेका छन् । कतिपयले अनुदानका लागि सामुहिक फम दर्ता गरेपनि अनुदान प्राप्त भएपछि व्यवसाय सञ्चालन नगरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार