सानो दुधकुण्ड मन्दिरको संरचना भत्कियो

  हिमाल समाचार
1.5k Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ४ पाटीडाँडा स्थित सानो दुधकुण्ड नामले चिनिने सेतिदेवी मन्दिरको संरचना भत्किएको छ ।

भक्तजनहरुले दर्शन गरिरहेको समयमा मंगलबार बिहान ७ बजे मन्दिरको पुर्व पट्टिको गाह्रो भत्किएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

संरचना भत्किएर निस्किएको ढुङ्गाहरु मन्दिरको पुर्व पट्टिको पोखरीमा थुप्रिएको छ । मन्दिरको संरचना भत्किएपछि अहिले सो भागमा पाल टागेर व्यवस्थापन मिलाइएको छ ।

यस मन्दिरमा हरेक बर्षको साउने एकादशी देखि जनैैपुर्णिमा सम्म मेला लाग्ने पुजारी पासाङ तामाङले बताए । ठुलो दुधकुण्ड मेलामा जान नसक्नेले सानो दुधकुण्डको दर्शन गरे पनि भाकल र मनोकांक्षा पुरा हुने जनविश्वास छ ।

मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुको सङ्ख्या क्रमिक रुपमा बढ्न थालेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार