हाइड्रोको सामाग्री चोरीको आरोपमा पक्राउ परेकाहरु विरुद्ध मुद्धा चल्यो

  हिमाल समाचार
2.7k Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका २ र ३ नम्बर क्षेत्रमा निर्माधिन बेनी हाइड्रोपावर आयोजनाकोे सामाग्री चोरी गरेको आरोपमा पक्राउ परेका तीन युवा विरुद्ध मुद्धा चलेको छ ।

चोरी गरेको आरोपमा मंगलबार राती पक्राउ परेका सोलुदधुकुण्ड नगरपालिका ११ का ३५ वर्षीय कुल बहादुर राई, सोही नगरपालिका ३ मा अस्थायी बसोवास गर्दै आएका ३२ वर्षीय दावा तामाङ र खोटाङको ऐसेलुखर्क गाउँपालिका २ का ३२ वर्षीय भलाकाजी तामाङ विरुद्ध बुधबार चोरी कसुरमा मुद्धा चलेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मंगलबार राती आयोजनाको हेडबक्स रहेको स्थान बेनीबाट फलामको पाताहरु गाडीमा राखेर लैजाने क्रममा उनीहरु पक्राउ परेका थिए । राती करिब ९ बजेको समयमा फलामको पाता गाडीमा लोड गरेको देखेपछि आयोजनाका कामदारले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै खटिएको प्रहरीले तीनै जनालाई बा १६ च ५२६९ नम्बरको बोलेरो गाडीसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शाहले बताए । उनीहरु विरुद्ध म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार