महाकुलुङबाट ४ स्नुकर खेलाडी छनौट

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरीमा भदौ ११ देखि १४ सम्म आयोजना हुने जिल्लास्तरिय स्नुकर प्रतियोगीताका लागि महकुलुङ गाउँपालिकाका खेलाडी छनौट भएका छन् ।

स्टार यूथ क्लबको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धामा होमिएका १४ खेलाडीबाट समिर कुलुङ, संग्रामसिं कुलुङ, विनोद कुलुङ र जमिनराज कुलुङ छनौट भएको क्लबका महासचिब सुन्दर तामाङ (विजय)ले जानकारी दिए ।

यसअघि सोलुदुधकुण्ड नगरपालिका, नेचासल्यान, थुलुङ दुधकोशी र सोताङ गाउपालिकाबाट ४–४ जना खेलाडी छनौट गरिसकिएको छ । माप्य दुधकोशी र खुम्बु पासाङ ल्हामू गाउँपालिकामा क्रमश खेलाडी छनौट गरिनेछ ।

बेस्ट अफ फाइब नकाउटको आधारमा हुने प्रतियोगिताका शिर्ष तीन खेलाडीलाई क्रमशः नगद ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार