सोलुका १७८२ मोतिबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया

  हिमाल समाचार
266 Shares

सोलुखुम्बु : जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु संचालनको २० बर्षको अवधिमा १७८२ मोतिबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया गरिएको छ ।

सन् २००३ मा स्थापना भएको आँखा केन्द्रले जिल्लाभर १४० वटा छनौट शिविरबाट ४० हजार ५४० जनाको आँखा परीक्षण गरेको छ । नेपाल आँखा कार्यक्रम, तिलगंंगा आँखा प्रतिष्ठान अन्तरगत सोलुखुम्बुमा सन् २००२ बाट आँखाको उपचार शिविर शुरु गरिएको थियो ।

हिमालयन मोतिबिन्दु परियोजनाको सहयोग तथा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुको साझेदारीमा संचालित छनौट शिविरबाट पहिचान भएका मोतिबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया गर्दै आइएको छ । हाल शल्यक्रियासहितको आफनै भवनबाट सेवारत आँखा केन्द्रले ६३१ जना शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका र आमा समूहलाई तालिम समेत प्रदान गरेको छ ।

जिल्लामा ५ स्थानमा ग्रामिण आँखा केन्द्र र स्याट्लाइट आँखा केन्द्र स्थापना गरेको तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ अनुगमन, मुल्यांकन तथा परियोजना विकास अधिकृत पुष्पबाबु बस्नेतले जानकारी दिए । आँखा केन्द्रबाट हालसम्म ६६ हजार ८६७ जनाको आँखा उपचार गरिएको छ । त्यसमध्ये ५९ हजार ७६७ जना नयाँ र ७ हजार एक सय जना नियमित फलोअपका बिरामी छन् ।

जिल्ला सामुदायीक आँखा केन्द्रले स्थापनाकाल देखि हालसम्म आँखा सम्बन्धी सुरक्षात्मक, प्रर्वद्धनात्मक र उपचारात्मक सेवा प्रवाह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार