वन्यजन्तुबाट भएको क्षतिको राहतमा ८४ लाख खर्च

  हिमाल समाचार
357 Shares

सोलुखुम्बु : सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट भएको क्षतिमा मात्रै ८४ लाख रुपैयाँ भन्दा बढी रकम खर्च गरेको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ मा निकुञ्जको कार्यालय नाम्चेले वन्यजन्तुबाट क्षति भएका पशुचौपायका धनीलाई ८४ लाख ७५ हजार पाँच सय तीन रुपैयाँ राहत प्रदान गरेको हो ।

कार्यालयका सुचना अधिकारी विष्णु रोकायका अनुसार निकुञ्ज क्षेत्रमा वर्षेनी भालु, चितुवा, ब्वाँसो लगायतका वन्यजन्तुबाट पशुधन तथा मानवीय क्षति हुने गरेको छ ।

गत आर्थिक वर्षमा मात्रै २८७ वटा पशु चौपायमा चितुवा र ब्वाँसोले क्षति पु¥याएको छ भने २ जना मानिसलाई भालुले आक्रमण गरेको निकुञ्जको तथ्यांक छ ।

पीडित कृषकहरुलाई विभिन्न समयमा गरि सो राहत रकम वितरण गरिएको निकुञ्जको कार्यालयले जनाएको छ ।

निकुञ्जले पशुधनको सवालमा परिपक्क याक, नाकको क्षतिमा ३० हजार र सामान्य बच्चा याक नाक तथा भेडा, बाख्राको क्षतिमा १० हजार रुपैयाँ राहत रकम वितरण गर्ने गरिएको छ ।

मानवीय क्षतिको सवालमा प्रकृति हेरेर राहत रकम प्रदान गरिने निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार