खोटाङमा भिरबाट लडेर एक जनाको ज्या’न गयो

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु – खोटाङमा भिरबाट लडेर एक जनाको ज्या’न गएको छ । जिल्लाको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गत २१ साउनको राति पहिरो गएपछि बनेको भिरबाट ल’डेर ४७ वर्षीय भोजकुमार राईको शनिवार ज्या’न गएको हो ।

भिरबाट करिब डेढ सय मिटर तल खसेका राईको घ’टना स्थलमै ज्या’न गएको जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राईले बताए ।

राई तल्लो गाउँमा झरेर घर जाने बेला भिरबाट लडेर ज्या’न गएको हो । पहिरो गएको ठाउँमा अहिले डरलाग्दो भिर बनेको छ ।

आवत–जावत गर्ने मानव तथा गाईवस्तुलाई भिरबाट जोगाउन त्यहाँका बासिन्दाले पहिरोको शिरमा बाँसको घेराबारा हालेका छन् । तर घेराबारा नाघेर हिँड्ने क्रममा राई भिरबाट लड्न पुगेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार