त्रि–धार्मिकस्थल हलेसीमा दर्शनार्थीको भिड

  हिमाल समाचार
35 Shares

सोलुखुम्बु – खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिर बोलबमका कारण ब्यस्त बनेको छ । साउनभर लाग्ने बोलबम मेलाका कारण हलेसीमा आन्तरिक तथा बाह्य दर्शनार्थीले व्यस्त बनेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानमा पर्ने मन्दिरमा साउन सुरु भएसँगै जल चढाउने र हरेक सोमबार तिर्थयात्री पुर्जा गर्न जाने तिर्थालुकोे घुइँचो लागिरहेको छ ।

कोभिड–१९ को महामारीले दुई वर्षसम्म सुनसान बनेको हलसीमा बोलबमले ग्राहक बढ्दा व्यवसायीहरु समेत उत्साहित बनेका छन् । साउन सुरु भए यता हलेसीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रंगको पहिरनमा सजिएका पुरुष दर्शनार्थीको बाक्लो चहलपहल छ ।

साउनको तेश्रो सोसमबारसम्ममा करिब ४० देखि ५० हजार दर्शनार्थी हलेसी आएको हलेसी महादेवसथान विकास समितिले जनाएको छ । हलेसी आएका दर्शनार्थीका कारण साना तथा ठूला होटलहरु भरिएका छन् भने होटलमा कोठा नपाउँदा कतिपय दर्शनार्थी गाडीमै रात बिताउने गरेका छन् ।

बोलबम मेलाको अवधिमा हलेसीमा जल चढाउन नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, बिराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलीङ, गान्तोक, भुटान, चिनको तिब्बतलगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार