गीतकार रमेश श्रेष्ठको ‘बरको छाँयाले’सार्वजनिक (भिडियो)

गीतकार रमेश श्रेष्ठले लोक आधुनिक गीत ‘बरको छाँयाले’सार्वजनिक गरेका छन् ।

ओखलढुंगाका गीतकार श्रेष्ठको गीत र जसिहाङ राईको संगीतमा तयार भएको गीतमा संगीतकार राई र गायिका श्रेया राईको स्वर रेकर्ड छ । राजु कार्कीको संगीत संयोजन रहेको गीतको लिरिकल भिडियो गाउँले इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ ।

ओखलढुंगाको रुम्जाटार आसपासका स्थानलाई समाबेश गरेर प्रेमील कथामा बनेको गीतको निमात्री हेम कुमारी राजभण्डारी (मञ्जु) हुन् । जुन गीतको शुक्रबार विहान काठमाण्डौँमा लोकार्पण कार्यक्रमको आयोजना गरिएको थियो ।

सो कार्यक्रममा जिमि राई उत्थान समाजका अध्यक्ष यस बहादुर राई लगायत कलाकर्मीको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार