स्नुकर प्रतियोगीता : उत्कृष्ट ८ मा पुगे यी खेलाडी

  हिमाल समाचार
3.7k Shares

स्टार यूथ क्लबको आयोेजनामा सोलुखुम्बुको सल्लेरीमा जारी जिल्लास्तरिय स्नुकर प्रतियोगीतामा उत्कृष्ट ८ खेलाडी छनौट भएका छन् ।

दोस्रो दिनको खेल सकिदा ८ स्थानीय तहबाट छनौट भएका २९ खेलाडीबाट उत्कृष्ट ८ खेलाडी छनौटको खेल सकिएको क्लबका महासचिव सुन्दर तामाङ (विजय)ले जानकारी दिए ।

खुम्बु पासाङ ल्हामूका पेम्बा छिरिङ शेर्पा र लोक बहादुर तामाङ, सोलुदुधकुण्ड नगरपालिकाका तेन्जी शेर्पा, पासाङ शेर्पा र छिरिङ शेर्पा, सोताङका भुपाल नाछिरिङ, महाकुलुङका जमिन राई र नेचासल्यानका शिव कुमार राई उत्कृष्ट ८ मा पर्न सफल भएको खेल संयोजक तेन्जी शेर्पाले जानकारी दिए ।

क्वाटरफाइनलका खेल सोमबार विहान ८ बजेबाट संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा पहिलो हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ, द्धितीय हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ पाउँदा तृतीय हुने दुई जनालाई २२ हजार २ सय २२ रुपैयाँ नगद प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार