मिलन अर्यालको ‘पानी है पर्‍यो दर्केर’ बजारमा (भिडियो)

  हिमाल समाचार
91 Shares

इन्जिनियर मिलन अर्याल र अस्मिता अधिकारीले गाएको गीत ‘पानी है पर्‍यो दर्केर’ सार्बजनिक भएको छ ।

पछिल्लो नेपाली सांगितिक बजार संगितमय बन्दै गएको छ भने नेपाली लोक गीत संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त, करोड क्लव प्रवेश गरिसकेका छन् त, कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौँ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा प्रयास मिडियाको युटुब च्यानल मार्फत अस्मिता र मिलनले गाएको गीत आएको छ गीत सबै पक्षबाट उत्कृष्ट बनेको छ ।

म्युजिक भिडियोमा गरिमा शर्मा र गायक मिनल अर्यालले नै अभिनय गरेका छन । प्रेम सागर पौडेल को शब्द र संगीतमा तयार भएको गीत लाई बिशाल निरौलाले म्युजिक एरेन्ज गरेका हुन् ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् । मिलन बिश्वकर्माले सम्पादन तथा कलर गरेको भिडियो धेरै उत्कृष्ट बनेको छ।

‘झुम्कावाली’को अपार सफलता पछी मिलन अर्यालको यो गीतले पनि बजारमा छुट्टै मार्केट जमाउन सक्ने कुरामा कुनै दुई मत छैन । गायक तथा मोडल मिलनले यो गीतबाट धेरै आशाबादी रहेको बताए ।

गीतको पुरा भिडियो तलको लिन्कमा गएर हेर्नुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार