खालिङ व्याकरण ‘ख्याल ब्राःचम’को विमोचन

  हिमाल समाचार
161 Shares

काठमाण्डौँ । किराँत खालिङ राईको प्रयोगात्मक भाषा व्याकरण पुस्तक ‘ख्याल ब्राःचम’को विमोचन गरिएको छ ।

किराँत खालिङ राई उत्थान संघको आयोजनामा शुक्रबार काठमाण्डौँमा आयोजित कार्यक्रममा भाषा विज्ञान केन्द्रीय विभाग किर्तिपुरका उपप्राध्यापक तथा भाषाशास्त्री डा. तारामणी राईले व्याकरण पुस्तक ‘ख्याल ब्राःचम’को विमोचन गरे ।

संघका अध्यक्ष सीता कुमारी खालिङको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा खालिङ भाषा पाठ्यक्रमको पाठ्यपुस्तक निर्माणका संयोजक विना खालिङ लगायतको उपस्थिति रहेको थियो । प्रयोगात्मक भाषा व्याकरण पुस्तक ‘ख्याल ब्राःचम’को लेखन धन खालिङ र अर्जुन खालिङ राईले लेखेका हुन् ।

पुस्तकमा वर्ण, व्यन्जन वर्ण, नाम, सर्वनाम, क्रिया, विशेषण, काल, पक्ष र अवस्था, संगति, कारक र विभक्ति, शब्द निर्माण, करण–अकरण, वाक्यका प्रकार, श्रृतिसमभिन्नर्थी शब्द, प्रश्न निर्माण, वाच्य, कथन र भाव वा अर्थलाई बोलिचालीको खालिङ भाषामा संग्रहित गरिएको किराँत खालिङ राई उत्थान संघका वरिष्ठ उपाध्यक्ष बल बहादुर खालिङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार