सोलुमा हाईअल्टिच्युडको खेल मैदान निर्माण गर्छु : अध्यक्ष मगर

  हिमाल समाचार
315 Shares

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष नरेन्द्र मगरले जिल्लामा हाईअल्टिच्युड खेल मैदान बनाउने बताएका छन् ।

हिमाल एफ.एम.को कार्यक्रम हाम्रो सरोकारमा कुराकानी गर्दै आफ्नो कार्यकालमा सबैभन्दा अग्लो उचाईमा खेल मैदान बनाएर खेल पर्यटनको विकास गराउने बताएका हुन् ।

जसका लागि जग्गाको खोजी भईरहेको भन्दै खेलकुदका क्षेत्रमा बजेट विनियोजन गर्न सरकारले कन्जुस्याँई गरेका कारण खेल क्षेत्रको विकास सोचे जस्तो हुन नसकेको जिकिर गरे ।

जसपा जिल्ला अध्यक्ष समेत रहेका मगरले खेलकुदको विकासका लागि जिल्लाका स्थानिय तहसँग समन्वय गरेर जिल्लाको खेलकुदको बृहत्तर विकासका लागि काम गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार