केरुङका महिलालाई तरकारीको विउ र टनेल निर्माणको सीप

  हिमाल समाचार
1.2k Shares

सोलुखुम्बु । द स्माल वल्र्ड (टिएसडब्लु)ले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका महिलाहरुलाई ‘आशाको विउ’कृषि कार्यक्रम अन्तरगत विभिन्न थरिका तरकारीको विउ वितरणसँगै र प्लाष्टिकको टनेल बनाउने सीप सिकाएको छ ।

बाघखोरमा भेला भएका केरुङका ३० महिलालाई ८ प्रकारका तरकारीको विउ वितरण गरिएको टिएसडब्लुकी कार्यक्रम संयोजक गोमा बस्नेतले जानकारी दिइन् । यसअघि टनेल वितरण गरिसकेको टिएसडब्लुले यो पटक विउसँगै टनेल निर्माणको सीप सिकाएको हो ।

कृषि प्राविधिक समेत परिचालन गरेको संस्थाले तरकारीमा आत्मनिर्भरताका साथै महिलालाई आर्थिक रुपमा सबल बनाउने द्येयले ‘आशाको विउ’ नाम कार्यक्रम संचालन गरिएको टिएसडब्लुका अध्यक्ष कर्मा शेर्पाले बताए ।

कोरोना कहरका समयमा संचालनमा ल्याइएको कार्यक्रमले तरकारीमा आत्मनिर्भर बनाउन भुमिका खेलेको स्थानीय कृषक दाली शेर्पाले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार