सोलुका शेर्पा सैलुन व्यवसायमा रमाउँदै

  हिमाल समाचार
1.4k Shares

सोलुखुम्बु – शेर्पा समुदाय भन्ने वित्तिकै पर्यटक तथा चौरी पालन व्यवसाय भन्ने तपाई हाम्रो मनस्पटलमा आईहाल्छ । तर सोलुखुम्बु सदरमुकाम सल्लेरीमा भने एक शेर्पा यु्वाले पहिलो पटक सैलुन व्यवसाय सुरु गरेका छन् ।

सोलुदुधकु्ण्ड नगरपालिका २ फेराका २९ वर्षीय युवा सोनाम शेर्पाको दैनिकी हिजोआज कपाल काट्नमै वित्छ । शेर्पा समुदाय भन्ने वित्तिकै पर्यटन व्यवसाय र चौरी पालनमा बढी कहलिएको नाम हो । तर सोनामले भने फरक ढंगको व्यवसाय सुरु गरेका छन् ।

उनले काठमाण्डौमा तालिम लिएर अहिले सदरमुकाम सल्लेरीमा सोनाम युनिसेक्स हेयर एण्ड ब्युटी सैलुन सञ्चालन गरेका छन् । जुन व्यवसायबाट सोनाम निक्कै सन्तुष्ट पनि छन् । उनले भने–‘सुरु सुरुमा त निक्कै गाह्रो नै लाग्यो, कतिले त यस्ता तराईवासीले गर्ने काम पनि शेर्पाले गर्छन् ? भनेर होच्याउने र खिसि ट्युरी समेत गरे, तर अहिले मेरो कमाई र व्यवसाय देखेर उनीहरु मलाई हौसला दिन्छन् ।

वास्तवमा काम सानो ठुुलो हुन्न मान्छेले गर्ने काम हो, सिप जस्लेृ गर्दा पनि हुन्छ ।’ कपाल काटने पेसा तराईमुलका ठाकुर समुदायको मात्रै हो भन्ने मानसिकता अझै पनि हामीमा छ । तर सल्लेरीमा सोनामले सञ्चालन गरेको पार्लर सहितको सैलुन पहिलो पटक देख्ने जोकोही पनि अच्चमित हुन्छन् ।

काठमाण्डौंको वौद्ध आरुवारी स्थायी ठेगाना भएकी आङ्ल्हामु शेर्पाले भनिन्– ‘सुरुमा त शेर्पाको सैलुन हैन होला भन्ने लागेको थियो, पछि यसो नाम हेरे सोनाम सैलुन रहेछ, अनि मेरो मनमा शेर्पाले सुरु गरेको रहेछ तर कपाल काटने कामदार चाँहि तराईबाट ल्याएर राखेको होला भन्ने सोचे, तर सैलुन भित्र हेर्दा सोनाम आफैँ कपाल काटिरहेका थिए । उसले अझै एक जना मगर भाईलाई पनि कपाल काट्नमा काम दिएको भेटे । मगर भाईले चाँहि भारतमा तालिम लिएर आएका रहेछन् । खुसी लाग्यो ।’

सोही सैलुनमा नेपालगन्ज घर भएका विजय मगर पनि कपाल काट्ने काम गर्छन् । उनी भारतमा सैलुन तालिम लिएर आएका हुन् । जेन्स हेयर कट, लेडिज हेयर कट, फेस क्लिनिङ, फेसियल, बियर्ड (दारी जुँगा मिलाउने, कलरिङ, ट्रीट्मेन्ट, हेयर ट्रीट्मेण्ट, हेयर स्ट्रेट, कर्ली लगायतका सैलुनका सबै काममा शेर्पाको दक्षता छ ।

जहा सेवा लिन आउने सेवाग्राही पनि निक्कै सन्तुष्ट देखिन्छन् । ‘शेर्पाले राम्रो कपाल काट्दैन होला भन्नेहरु अन्तिममा निक्कै खुसी मुद्रामा जान्छन् ।’– सोनामले फेरि थपे ।

सोनाम रोजगारीका लागि सुरुमा खाडिमुलुक गएका थिए । विना सिप विदेश हानिएका शेर्पाले त्यहाँ पाएको दुखले स्वदेशमै सम्भावना खोज्ने पाठ सिकायो । केही वर्षको विदेश बसाईपछि नेपाल फर्किएका सोनामको ध्यान हजाम अर्थात सैलुन तर्फ मोडियो ।

विदेशमा पुगेर पैसाका लागि हरेक काम गर्न तयार हुने नेपाली स्वदेशमा कामलाई विभेद गर्छन् । जुन कारणले पनि नेपालीहरु रोजगारको खोजीमा विदेशीने क्रम बढेको हुन सक्ने शेर्पाको भनाई छ ।
-रेडियो रिपोर्टको आधारमा तयार पारिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार