मौसम प्रतिकुलताका कारण उडान रद्ध, खुम्बुमा पर्यटक आवागमन प्रभावित

  हिमाल समाचार
231 Shares

सोलुखुम्बु – सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटन आवागमनमा समस्या भएको छ ।

खुम्बु भ्रमण गर्ने पर्यटकहरुको चाप बढेपनि मौसमका कारण उडान तालिका रद्ध हुँदा समस्या भएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालय प्रमुख द्ववारीका अछामीका अनुसार काठमाण्डौँ–लुक्ला दैनिक १० देखि १२ वटा सम्म उडान तालिका रहेपनि मौसमका कारण १ देखि २ वटा सम्म मात्रै उडान हुने गरेको छ ।

विहिबार मात्रै मौसमका कारण १० वटा उडान रद्ध भएको उनको भनाई छ । केहिदिन यता विहानपख सामान्य उडान भएपनि दिउँसोबाट भने हेलिकप्टरले समेत उडान भर्न सकेको छैन् । लुक्लाबाट फर्किने र काठमाण्डौबाट लुक्ला आउने विदेशी पर्यटकको चाप बढ्न थालेपनि उडान प्रभावित हुँदा पर्यटकहरु मर्कामा परेका छन् ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको लुक्लासम्म सडक पुग्न नसकेकाले पर्यटकहरु उडानकै भर पर्नुपर्ने बाध्यतामा छन् । तर निरन्तरको वर्षा र मौसमले उडान ठप्प हुँदा सगरमाथा क्षेत्रको पर्यटक आवागमनमा नै असर परेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार