सोलुका युवाहरुले बनाए मनास्लु हिमालमा रुट

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – सोलुखुम्बुका ६ युवासहितको टोलीले विश्वको ८ औँ अग्लो चुचुरो मनास्लु हिमाल आरोहणका लागि कर्मसियल रुट तयार गरेका छन् ।

गोर्खा जिल्लामा अवस्थित ८ हजार १६३ मिटर अग्लो उक्त हिमालमा ८ सदस्यीय टोलीले रुट निर्माण गरेको टोलीका सदस्य मिङमार शेर्पाले जानकारी दिए ।

उनका अनुसार टोलीमा सोलुका मिङमा डेविट शेर्पाको सम्योजकत्वको टोलीमा सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका मिङमार शेर्पा, खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ का ङिमा शेर्पा, सोही गाउँपालिका १ का कर्मा शेर्पा, फुदोर्जी शेर्पा, महाकुलुङ ४ का दावा छेतर शेर्पासहित गोर्खाका सन्दिप गुरुङ र पुर्ण बहादुर गुरुङ रहेका थिए ।

उनीहरुले विहिबार राति ८ बजे २८ मिनेटमा रुट निर्माणको काम सकेको जनाइएको छ । -फायल फोटो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार