महालेखा : सोलुको ५ स्थानीय तहको लेखापरीक्षण सकियो

  हिमाल समाचार  134 पटक हेरिएको

सोलुखुम्बु – महालेखापरीक्षकको कार्यालयले सोलुखुम्बुको पाँच वटा स्थानीय तहको लेखापरीक्षण सकेको छ । जिल्लाको आठ स्थानीय तहमध्ये एक नगरपालिका र २ वटा गाउँपालिका बाहेकका पालिकाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण सम्पन्न गरेको हो ।

लेखापरीक्षकको कार्यालयका निर्देशक छत्रपती निरौला नेतृत्वको टोलीले थुलुङ दुधकोशी गाउँपालिका, सोताङ, महाकुलुङ, माप्यदुधकोशी र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको लेखापरीक्षण सकिसकेको छ ।

अहिले सोलुदुधकुण्ड नगरपालिकाको लेखापरिक्षणको काम भइरहेको छ भने नेचासल्यान र लिखुपिके गाउँपालिकाको भने बाँकी रहेको कार्यालयका निर्देशक निरौलाले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाको सकेर नेचासल्यान गाउँपालिका र अन्तिममा लिखुपिके गाउँपालिकाको गरिने योजना रहेको छ । आफु नेतृत्वको ४ जनाको टोलीले दशैँ अगावै जिल्लाको ८ वटै स्थानीय तहको लेखापरिक्षण सक्ने गरि काम गरिरहेको निर्देशक निरौलाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार