सोलुखुम्बुमा शुन्य संक्रमित

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु – कोरोनाको चौथो लहरमा १०४ जनामा संक्रमण पहिचान भएको सोलुखुम्बुमा संक्रमित शुन्य बनेको छ ।

एन्टिजेन विधिबाट भएका ५७० जनामा गरिएको परीक्षणबाट १०४ मा पहिचान भएको संक्रमणबाट सम्पुर्ण संक्रमित मुक्त भएका छन् ।

सोलुदुधकुण्ड नगरपालिकामा ७ जना, नेचासल्यान गाउँपालिकामा ८ जना, सोताङ गाउँपालिकामा १६ जनालाई संक्रमण पहिचान गरिएको थियो ।

त्यस्तै, लिखुपिके गाउँपालिकामा २८ जना, महाकुलुङ गाउँपालिकामा ४२ र थुलुङ दुधकोशी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

माप्य दुधकोशी र खुम्बु पासाङ ल्हामू गाउँपालिकामा कसैमा पनि संक्रमण नभेटिएको सम्बन्धित पालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमितले कोरोना जितेपछि जिल्लामा संक्रमितको संख्या नरहेको स्वास्थ्य कार्यालयका काभिड फोकल पर्सन छरिता खड्काले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार