प्रारम्भिक बाल विकास तालिममा लिखुपिकेका १५ शिक्षक सहभागी

  हिमाल समाचार  101 पटक हेरिएको

सोलुखुम्बु – स्थानीय पालिकाको समन्वयमा रीड नेपालले आयोजना गरेको प्रारम्भिक बाल विकास विषयक ५ दिने तालिममा लिखुपिके गाउँपालिकाका १५ जना शिक्षकले सहभागीता जनाएका छन् ।

चौलाखर्क स्थित हिमगंगा माध्यमिक विद्यालयमा मंगलबारदेखि सुरु तालिमको उद्घाटन पालिका अध्यक्ष मिना कार्कीले गरिन् । बाल विकास शिक्षकलाई अत्यावश्यक तालिम संचालन गरेकोमा रीड नेपाललाई धन्यवाद दिदै अध्यक्ष कार्कीले शिक्षण सीप कक्षा कोठासम्म पु¥याउन आग्रह गरिन् ।

तालिममा प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्व, बाल शिक्षकको भूमिका, प्रारम्भिक बाल विकासका मापदण्ड, पाठ्यक्रम अध्ययन, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्री निर्माण, दैनिक कार्यतालिका निर्माण तथा प्रयोग मूल्यांकन, विद्यार्थी अभिलेख लगायतका विषयवस्तुमा सहजीकरण हुने रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास अधिकृत सुजता राईले गरिरहेकी छिन् । यसअघि रीड नेपालले माप्य, थुलुङ, सोताङ, महाकुलुङ गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकामा सोही प्रकृतिको तालिम संचालन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार