गत स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउँदा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका ५ जना निर्वाचन आयोगको कारबाहीमा परेका छन् ।
आयोगले पटक पटक निर्वाचन खर्च विवरण बुझाउन समय दिएपनि विवरण नबुझाएका नेकपा माओवादी केन्द्रबाट प्रमुखको उम्मेदवार बनेका ङिमातेण्डुप शेर्पा, उपप्रमुखका उम्मेदवार शारदामाया तामाङ, जनता समाजबादी पार्टी नेपालबाट प्रमुखको उम्मेदवार बनेका ल्हाक्पा छिरिङ विक, उपप्रमुखका उम्मेदवार आङपेमा शेर्पा, नेकपा एकिकृत समाजबादीबाट उपप्रमुखका उम्मेदवार आङजाङबु शेर्पा आयोगको कारबाहीमा परेका हुन् ।
उनीहरुलाई जनही चार लाख पचास हजार जरिवाना तोकिएको छ ।