सोलुमा थप तीन जनामा डेगुं संक्रमण

  हिमाल समाचार  187 पटक हेरिएको

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा थप ३ जनामा डेगुं संक्रमण पुष्टि भएको छ । आज(बुधबार) जिल्ला अस्पताल फाप्लुमा ३ जना पुरुषको रगत परिक्षण गर्दा तीनै जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा सोलुदुधक्ुण्ड नगरपालिका ७ का ३० वर्षीय र वडा नम्बर ११ का २२ वर्षीय तथा माप्यदुधकोशी गाउँपालिका ६ का ५४ वर्षीय पुरुष रहेको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन् ।

उनीहरु मध्ये एक जनाको ट्राभल हिष्टी छ भने दुई जनाको ट्राभल हिष्ट्री नभएको अस्पतालले जनाएको छ । संक्रमित तीनै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।

यससँगै जिल्लामा डेगुं पुष्टि हुनेको संख्या ५ पुगेको छ । यसअघि पनि ट्राभल हिष्ट्री नभएका काँगेल ३३ वर्षीय र पन्चनका ६० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार