डोको बुन्ने पेशा संकटमा

  दिपेन्द्र पराजुली
819 Shares

सोलुखुम्बुमा पुस्तौ देखि घाँस तथा भारी बोक्नका लागि प्रयोग हुँदै आएको बाँसको चोयाबाट डोको बुन्ने पुर्ख्यौली पेशा संकटमा पर्दै गएको छ । यो पेशा झन्जटिलो भएकाले नयाँ पुस्ताले आत्मसात नगर्दा संकटमा परेको हो ।

सोलुखुम्बु रोसीका डम्बर बहादुर बस्नेतले विगत १२ वर्ष देखि बाँस र निगालोको चोयाबाट डोको बुन्दै आएका छन् । उनले एक हप्तामा १५ देखि २० वटा डोको बुन्छन् । आफैले बुनेको डोको स्थानिय हाटबजार सम्म लगेर प्रतिगोटा २ हजारका दरले बिक्रि गर्छन् । तर पछिल्लो नयाँ पुस्ताले भने यो पेशा अपनाउन नमानेको बस्नेतको भनाई छ ।

सोलखुुम्बुकै सलिना तामाङले पनि हप्तामा ६ वटा डोको बुन्ने गरेकी छिन् । परिवारका सदस्य अशक्त भएपछि आफुले बुन्न थालेको १५ वर्ष भएको बताउछिन् । पुरुषले गर्ने काम आफुले गर्दा असहज भएपनि उहाँले डोको बुनेरै घर खर्च टारीरहेको अनुभव सुनाईन् ।

डम्बर बहादुर र सलिना पुराना पुस्ताको उदाहरण मात्रै हुन् । नयाँ पुस्ताले भने मेहनत र परिश्रमअनुसारको आम्दानी नहुँदा यो पेशा अपनाएका छैनन् । टाढाबाट कच्चा पदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागत खर्च अनुसारको आम्दानी नहुँदा हैरानी खेप्नु परिरहेको उनिहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार