सोलुखुम्बु – मनास्लु हिमपहिरोमा फसेका सोलुखुम्बुका २ सहित १० जनाको उद्धार भएको छ । २ जना आधार शिविरमा रहेको र उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ का ३८ वर्षीय निमा दोर्जे शेर्पा, सोही ठेगानाका ४० वर्षीय फुरिता शेर्पा, संखुसभाका किनु पेम्बा शेर्पा, फुर्ते शेर्पा, दावा शेर्पा, दोलखाका फुरित शेर्पा, लाक्पा तामाङ र संखुवासभाका मोहनसिं तामाङलाई उद्धार गरिएको काठमाण्डौँको हात्तीगौडा प्रहरी प्रभागकाका इन्चार्ज प्रहरी सहायक निरीक्षक चित्र कुमार श्रेष्ठले जानकारी दिए ।
उनीहरुको काठमाण्डौँको कपन स्थित करुणा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ८ जनामध्ये एक जना सामागाउँबाट पुनः बेसक्याम्पतर्फ गएका छन् भने बाँकी ७ जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।