क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी ट्राफिक प्रहरीको फन्दामा

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – चाडपर्व नजिकिएसँगै सोलुखुम्बुमा सवारी साधनहरुले क्षमता भन्दा बढी यात्रु बोक्न थालेका छन् । जिल्ला सदरमुकाम सल्लेरीबाट छुटेका सवारी साधनहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

सल्लेरीबाट सोताङ, महाकुलुङ, नेचासल्यान, माप्यदुधकोशी लगायतका स्थानहरुका लागि छुटेका सवारी साधनहरुले बढी यात्रु बोक्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज कृष्ण कुमार कटवालले जानकारी दिए ।

उनका अनुसार बढी जसो जिप तथा बोलेरोले खचाखच यात्रु बोकेकै कारण ती सवारी साधनहरु कारबाहीमा परेका छन् । चाडपर्वको समयमा सम्भावित दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ ।

घटस्थापनादेखि यता क्षमता भन्दा बढी यात्रु बोक्ने दैनिक ८/१० वटा सवारी साधनहरुलाई प्रहरीले कारबाही गरिरहेको छ ।

सिट क्षमतालाई ध्यान नदिइ यात्रु बोक्दा दुर्घटना हुन सक्ने सम्भावना उच्च हुने भएकाले यसमा सवारी चालक र यात्रु स्वयम्ले समेत सजकता अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार