सोलुमा भालुको आक्रमणबाट दुई जना घाईते

  हिमाल समाचार
2.1k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा यस वर्ष बर्खाको सिजनमा दुई जना भालुको आक्रमणमा परि सख्त घाईते भएका छन् ।

जिल्लाको माथिल्लो क्षेत्रमा मकै पाक्ने सिजनमा दुई व्यक्तीलाई भालुले आक्रमण गरेको हो ।

सोलुदुधकुण्ड नगरपालिका ९ का पेमा रिन्जी शेर्पालाई भदौ १३ गते भालुले आक्रमण गरि गम्भिर घाईते बनाएको थियोे भने सोलुदुधकुण्ड नगरपालिका ७ का राजकुमार भुजेललाई भदौ ५ गते बाख्रा चराउन जाँदा जंगलमा भालुले आक्रमण गरेको थियो ।

चालु आर्थिक वर्षको साउन यता दुई जना भालुको आक्रमणमा परेको डिभिजन बन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार