यात्रुसँग बढी भाडा लिने सवारीलाई सोलु प्रहरीले गरे कारबाही

  हिमाल समाचार
2.4k Shares

सोलुखुम्बु – यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने सवारी चालकलाई सोलुखुम्बु प्रहरीले कारबाही गरि बढी भाडा यात्रुलाई नै फिर्ता गराइएको छ ।

चाडपर्वको नाममा यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने ना.१ ज ५५२१ नम्बरको सुमोका चालक सिन्धुपाल्चोक घर भएका २७ वर्षीय विबेक खड्कालाई कारबाही गरि बढी भाडा फिर्ता गराइएको हो ।

ट्राफिक प्रहरी पोष्ट पत्तालेका सहायक हवल्दार सुदिन अधिकारीका अनुसार काठमाण्डौँ–सोलुखुम्बु सुमोको भाडा प्रतिव्याक्ति २३ सय ७५ रुपैयाँ भएपनि चालक खड्काले ६ जनालाई प्रतिव्याक्ति ३ हजार र २ जनालाई ३५ रुपैयाँका दरले भाडा लिएका थिए ।

टिकटमा २३ सय रुपैयाँ लेखेर यात्रुसँग भने मनपरी भाडा असुल्ने सवारी चालकलाई नियमअनुसार जरिवाना समेत गराइएको प्रहरीले जनाएको छ ।

चाडपर्वको मौकामा व्यवसायीहरुले यात्रुलाई ठग्ने क्रम बढेकाले चेकचाँचलाई थप कडाई गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक ((डिएसपी) सुनिल जंग शाहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार