सल्लेरीको पसलबाट १० हजार बढीको अखाद्य वस्तु जफत

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजार क्षेत्रका पसलहरुबाट १० हजार रुपैयाँ भन्दा बढी मुल्य बराबरको म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तु जफत गरिएको छ ।

आज (शुक्रबार) सल्लेरीको बाणिज्य बैंकदेखि नयाँ बजार खोल्सा क्षेत्र सम्म गरिएको चाडपर्व लक्षित अनुगमनको क्रममा १० हजार ३ सय रुपैयाँ बराबरको अखाद्य वस्तु जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालय सोलुखुखुम्बुले जनाएको छ ।

जिल्ला स्तरिय बजार अनुगमन समितिकी सम्योजक सहायक प्रमुख .जिल्ल्ला अधिकारी सीता अधिकारीको सम्योजकत्वमा गरिएको अनुगमनको क्रममा चाउचाउ, विस्कुट, चक्लेट, पियपदार्थ लगायतका म्याद गुज्रिएका वस्तुहरु जफत गरिएको घरेलु कार्यालयका कर्मचारी टेक बहादुर बस्नेतले बताए ।

सो क्षेत्रका २२ वटा पसलहरु अनुगमन गर्दा जफत गरिएको अखाद्य वस्तुहरु नष्ट गरिएको जनाइएको छ ।-फायल फोटो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार