क्षमता भन्दा बढी यात्रु बोक्ने दुई दर्जन सवारी कारबाहीमा

सोलुखुखुम्बु – सोलुखुम्बुमा पछिल्लो १४ दिनमा क्षमता भन्दा बढी यात्रु बोक्ने दुई दर्जन सवारी साधन कारबाहीमा परेका छन् ।

दशैतिहारको नाममा सिट क्षमता भन्दा बढी यात्रु बोकेर जोखिम सृजना गर्ने २४ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ट्राफिक प्रहरी इन्चार्ज कृष्ण कुमार कटवालका अनुसार कारबाहीमा पर्ने अधिकांश सवारी साधनहरु ग्रामिण सडकमा सञ्चालित बोलेर र जिप रहेका छन् । ति सवारी साधनहरुको कारबाहीबाट असोज १ गतेदेखि हाल सम्म २४ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।

दशैँतिहार जस्ता ठुला चाडपर्वलाई कारण देखाउदै बोलेरोको पछाडीको ढाला तथा सिटमा समेत बढी यात्रु बोक्ने सवारी साधनलाई प्रहरीले निगरानी बढाएको छ ।

असोज १ गतेयता जिल्लामा १२ वटा सवारी साधन मापसेमा कारबाहीमा परेका छन् । सम्भावित दुर्घटनालाई कम गर्न प्रहरीले चेकजाँचलाई कडाई गरेको छ ।

माप्यदुधकोशी गाउँपालिका ५ काँकुमा मात्रै सवारी नियम उल्लंघन गर्ने १८ वटा सवारी कारबाहीमा परेका थिए । नियम उल्लंघन गर्ने सवारी साधनहरुलाई ५०० देखि २००० रुपैयाँ सम्म जरिवाना लिनृ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार