३१० किलोमिटरको सोलुखुम्बु ट्रेल रेसको उपाधी रबिनको पोल्टामा

  हिमाल समाचार
11.7k Shares

सोलुखुम्बुमा आयोजना गरिएको १५ दिन लामो ‘सोलुखुम्बु ट्रेल रेस’को बिजेता सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका रबिन बस्नेत बनेका छन् । ३१० किलोमिटरको ‘सोलुखुम्बु ट्रेल रेसको दुरी पार गर्दै रबिन बिजेता बनेका हुन् । त्यस्तै मुना राई द्धितिय र ल्हामु शेर्पा तृतिय भएका छन् ।

‘सोलुखुम्बु ट्रेल रेसविजतेका रबिन भन्छन्, ‘खेल पर्यटनका लागि सोलुखुम्बु छनौट हुन आफैमा गर्वको कुरा हो ।’ सोलुदुधकुण्ड नगरपालिका ८ धापबाट सुरु भएको ट्रेलमा ३९ जना विदेशी र ४ जना नेपाली धावक सहभागी थिए । ओलम्पिक विजेता दा छिरि शेर्पाको नेतृत्वमा सुरु ट्रेल पिके–दुधकुण्ड–नाम्चे–सगरमाथा आधार शिविर हुँदै फर्केर फाप्लुमा आएर समापन भएको हो ।

द स्माल वल्र्ड (टिएसडब्लु)को आयोजना तथा दा छिरि शेर्पा फाउण्डेशन र नेपाल पर्वतारोहणको सहयोगमा आयोजना गरिएको ‘सोलुखुम्बु ट्रेल रेसले खेल पर्यटनको सम्भावनालाई दर्शाएको आयोजक टिएसडब्लुका अध्यक्ष कर्मा शेर्पाको भनाई छ ।

ट्रेल’को नेतृत्वकर्ता धावक दा छिरिले खेल पर्यटनको संभावना केलाउँदै यसलाई निरन्तरता दिने बताए । कोरोना महामारीपछि नेपालमा पर्यटकीय गतिविधि बढेसँगै नेपालमा अन्तर्राष्ट्रिय स्तरको दौड आयोजना गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार