सोलुका बस्नेत अन्तराष्ट्रिय भलिबल खेलका लागि छनौट

  हिमाल समाचार  2557 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुका विष्णु बस्नेत अन्तराष्ट्रिय पुरुष भलिबल खेलमा छनौट भएका छन् ।

जिल्लाको लिखुपिके गाउँपालिका २ गोलीका बस्नेत आगामी पुष ५ देखि ११ गते सम्म बंगलादेशको ढाकामा हुने २३ वर्ष मुनिको सेन्ट्रल एशियन जोन अन्तराष्ट्रिय पुरुष भलिबलका लागि नेपालबाट छनौट भएका हुन् ।

नेपाल भलिबल संघले कार्तिक २१ गतेदेखि २४ गतेसम्म काठमाण्डौमा गरेको खुला छनौटवाट बस्नेत पनि छानिएका हुन् ।

उक्त प्रतियोगिता एशियल भलिबल एशोसियसनको संयोजन तथा बंगलादेश भलिबल फेडरेशनको आयोजनामा हुन लागेको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो ।

छनौटमा परेका बस्नेतसहित २० सदस्यीय टिमको प्रशिक्षण सोमबारबाट सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार