सिंगिङ सुपरस्टारको उपाधि खोटाङका राईलाई

सोलुखुम्बु – नेपाल्स सिंगिङ सुपरस्टार पहिलो सिजनको उपाधि खोटाङका गायक राजेश राईले जितेका छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका राईले आइतबार भएको फिनालेमा उपाधि चुमेका हुन् ।
उनले २० लाख नगद र म्युजिक नेपालसंग सम्झौता लगायत पुरस्कार प्राप्त गरेका छन् । राई १३ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् ।
‘नेपाल्स सिंगिङ सुपरस्टार ब्याटल अफ द स्टार्स’ भ्वाईस स्टार नेपाल लिमिटेडले उत्पादन गरी ईमेज च्यानलबाट प्रसारण भएको थियो ।
फस्ट रनर अप नामगेल लामा र सेकेन्ड रनर अप दीपक सापकोटा भएका छन् । कार्यक्रम हरेक आइतबार र सोमबार साँझ ईमेज च्यानलबाट प्रसारण हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार