सोलखुुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रको मतपेटिका हेलिकप्टर मार्फत जिल्ला सदरमुकाम सल्लेरी ढुवानी गरिने भएको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाको खरिखोला सम्म सडक पुगेपनि माथिलो क्षेत्रमा सडक नपुगेकाले मतपेटिका ढुवानीमा हेलिकप्टरको प्रयोग गर्ने तयारी गरिएको हो ।
अहिले सो क्षेत्रको मतपेटिका संकलनको काम भईरहेकाले दिउँसो हेलिकप्टर मार्फत मतगणना स्थल सल्लेरी ल्याउने योजना रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
११ वटा मतदान केन्द्र रहेको खुम्बुको वडा नम्बर १ खरिखोलाका २ वटा केन्द्रको मतपेटिका गाडी मार्फत सल्लेरी ल्याइएको छ भने माथिल्लो क्षेत्रहरुको मतपेटिका भरिया मार्फत लुक्ला र नाम्चेमा संकलनको काम भईरहेको जनाइएको छ ।
आईततबार भएको मतदानमा खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ५ हजार ९ सय ८७ मतदाता मध्ये २ हजार ६ सय ४७ अर्थात ४४.२१ प्रतिशत मत खसेको छ ।