थाईल्यान्डको युटिएमवी वर्ल्ड सिरिजमा खोटाङकी प्रिया दोश्रो

  हिमाल समाचार  425 पटक हेरिएको

सोलुखुम्बु – थाईल्यान्डमा सम्पन्न दोई इन्थानन थाईल्यान्ड बाई युटिएमवी वर्ल्ड सिरिजको अल्ट्रा रनिङमा खोटाङकी प्रिया राई दोश्रो भएकी छन् ।

थाईल्याडको जियाङमाई दोई इन्थानन नेश्नल पार्कमा शनिबार सम्पन्न ५५ किलोमिटर दुरीको ऐसेलुखर्क गाउँपालिका २ पारा खोटाङकी २१ वर्षिया राई दोश्रो हुन सफल भएकी हुन् ।

उनले निर्धारित दुरी ७ घण्टा ७ मिनेट ४ सेकेन्डमा पुरा गर्दै दोश्रो स्थान आफ्नो पोल्टामा पार्न सफल भईन् । यससँगै राईले १ लाख १० हजार रुपैयाँ नगद पुरस्कार समेत जितेको नेपाल ट्रेल सिरिज प्रिती खत्रीले जानकारी दिइन् ।

प्रिया देशभरका रनरहरुबाट छनौट भई प्रतियोगिताका लागि थाईल्यान्ड पुगेकी थिइन् । यस अघि नेपालका विभिन्न रनिङहरुको उपाधी समेत जितिसकेकी प्रिया खोटाङकै पहिलो अल्ट्रा धाविका समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार